LOADING

Type to search

प्रेस विज्ञप्ति २०७९ असार २०

RaPraPa Nepal अगस्ट 2, 2022

प्रेस विज्ञप्ति २०७९ भाद्र १६

RaPraPa Nepal सेप्टेम्बर 2, 2022

प्रेस विज्ञप्ति २०७९ श्रावन ३१

RaPraPa Nepal सेप्टेम्बर 2, 2022

प्रेस विज्ञप्ति २०७९ श्रावन ३०-३१

RaPraPa Nepal सेप्टेम्बर 2, 2022

प्रेस विज्ञप्ति २०७९ श्रावन ३०

RaPraPa Nepal सेप्टेम्बर 2, 2022

अध्यक्षको सन्देश

नेपालको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाल फरक विचार, अलग पहिचान र राष्ट्रनिर्माणको वैकल्पिक मार्गचित्र बोकेर खडाभएको राजनीतिक दल हो। सनतान धर्म संस्कृति र परम्पराको रक्षा गरेर पनि देशको बिकास र आर्थिक समृद्धि कायम गर्न सकिन्छ भन्ने मान्यता राख्ने पार्टी हो राप्रपा नेपाल। राष्ट्रियता, लोकतन्त्र, सनातन हिन्दूराष्ट्र र उदार अर्थतन्त्रको अवधारणामा आधारित “सम्बर्द्धनवाद” को धरातलमा सुशासनको माध्यमबाट समृद्ध र समतामुलक समाज निर्माण राप्रपा नेपालको मुल लक्ष्य हो। 

सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्रको पुनःस्थापना राप्रपा नेपाल मुख्य उदेश्य हो।

राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्विनारायण शाहलाई राप्रपा नेपालले आदर्श पुरुषकारुपमा आत्मसात गरेको छ । राष्ट्रनिर्माताको “दिव्य उपदेश” लाई राप्रपा नेपालले मार्गदर्शक सिद्धान्तकारुपमा ग्रहण गरेको छ। 

भष्टाचार नियन्त्रण र वेरोजगारी समस्याको समाधानलाई राप्रपा नेपालले मुख्य प्राथमिकतामा राखेको छ । नेपाली नागरिकको निम्ति गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सहज पहुँच कायम गर्नु राज्यको प्रमुख दायित्व हो भन्ने हाम्रो विश्वास छ । राष्ट्रको सर्वाङ्गिण बिकासको लागि उर्जा, पर्यटन, उद्ययोग र पुर्वाधार बिकासलाई महत्व प्रदान गरिनु पर्दछ तथा आर्थिक क्षेत्रको प्रवर्द्धनमा निजीक्षेत्रलाई अग्रणी भूमिका कायम गर्नुपर्छ भन्ने हाम्रो बिश्वास छ।

यसरी सुस्पष्ट विचार र लक्ष्य बोकेर राप्रपा नेपाल पुनर्जागृत भएको ६ महिना भित्र आमजनताबाट धेरै ठूलो सद्भाव, समर्थन र सहयोग प्राप्त भएको छ। यसबाट हामी अत्यन्त उत्साहित भएका छौ । नयाँ ढंगबाट पार्टी खडा गर्दाको प्रारम्भिक कष्ट र पिडाको चरण हामीले पार गरेका छौँ। यस अवधिमा हामीलाई साथ दिनुहुने सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा म पार्टी अध्यक्षको नाताले हार्दीक आभार व्यक्त गर्न चाहन्छु। साथै, आगामि दिनमा निरन्तर माया र सहयोगको अपेक्षा समेत गर्दछु। सबैमा हार्दिक मंगलमय शुभकामना, सबैको जयहोस्।

कमल थापा
अध्यक्ष

भिडियोहरू

प्रेस विज्ञप्ति