LOADING

Type to search

राप्रपा नेपालको नेपालगन्जमा श्रद्धाञ्जली सभा,भुकम्प ग्रस्त क्षेत्रमा नेताहरुको भिड देखेर उदेक लाग्छ:-कमल थापा

Uncategorized

राप्रपा नेपालको नेपालगन्जमा श्रद्धाञ्जली सभा,भुकम्प ग्रस्त क्षेत्रमा नेताहरुको भिड देखेर उदेक लाग्छ:-कमल थापा

Share
नेपालगन्ज । राप्रपा नेपालले आज नेपालगन्जमा गर्ने भनेको बिरोध सभालाई श्रद्धाञ्जली सभामा परिणत गरेको छ। सभामा बोल्दै पार्टी अध्यक्ष कमल थापाले भुकम्प ग्रस्त क्षेत्र जाजरकोट रुकुममा मन्त्री नेताहरुको भिड देखेर उदेक र दिक्क लाग्ने बताएका छन् । तत्काल उद्धार र राहतमा ध्यान दिन पर्नेमा उल्टो सुरक्षा संयन्त्र नै अलमलमा पर्ने गरि गरिएको नेताहरुको भिड अनाबश्यक भएको टिप्पणी गर्दै थापाले अहिले सस्तो सहानुभूतिको राजनिती गर्ने समय नभएको समेत बताए । “स्थानिय कार्यकर्ता परिचालन गरौ,सरकारी संयन्त्र ,सुरक्षा अङ्गलाई सहयोग गरौ, सकिन्छ भने औसधि खाद्यान्न पठाईदिउ , डिस्टर्ब हुने काम नगरौं “- थापाले भने । कार्यक्रममा बोल्दै थापाले यथास्थितिबाट मुलुक अघि बढ्न नसक्ने बताए। उनले भ्रष्टाचार ,कुशासन, बेरोजगारी ,महङ्गीको अन्त्य आजको प्रमुख आबश्यकता भएको भन्दै यसको लागि अब जनआन्दोलनको बिकल्प नभएकोमा जोड दिए ।
धर्म संस्कृती पहिचानको रक्षाको लागि जनता जाग्नुपर्ने समय आएको बताउदै थापाले पहिचान र अस्तित्वको लागि जुरमुराउनु पर्ने बेला आईसकेको बताए । मुलुकको स्वाधिनताको रक्षा आत्मसमर्पणबादी मानसिकताबाट ग्रस्त नेता र दलबाट हुन नसक्ने भन्दै थापाले बिदेशी पैसामा नेपाल भित्र रहेको धार्मिक सामाजिक सद्भाव र एकता खल्बल्याउने दुष्प्रयासप्रती सचेत रहन समेत आग्रह गरे । राजा ल्यायर दललाई कमजोर पार्ने नीति नभएको प्रष्ट पार्दै थापाले राजा अभिभावक हुने दलहरुले नै राज्य संचालन गर्ने भएकोले राजा सहितको प्रजातन्त्र आबश्यक रहेको उनको दलिल थियो । कोहि निशेध नहुने ब्यबस्था आबश्यक भएको चर्चा गर्दै थापाले बिप्लब माओवादी देखि राजा सहित अट्ने ब्यबस्था मुलुकको लागि हित र अनुकुल हुमे उनको दाबि छ । सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै थापाले भ्रष्ट सरकारबाट कोहि कसैले केहि आशा गर्न नसक्ने समेत बताए । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुईटेल, राजाराम बर्तौला, रमेश अर्याल, हिक्मत ढकाल, लक्ष्मि हमाल, आशा बिष्ट ,दिपेन्द्र बहादुर सिह लगायतले बोलेका थिए । कार्यक्रममा भुकम्पमा परि दिबङ्गत भएकाको आत्माको चिर शान्तिको कामना र घाइतेहरुको स्वास्थ लाभको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *