सङ्क्रमणकालिन न्यायमा केही दल मिलेर चलखेल गर्न खोजे दुर्भाग्यपूर्ण हुन्छ :- कमल थापा
Share
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सङ्क्रमणकालिन न्याय दलिय स्वार्थको आधारमा गर्न खोजिनु दुर्भाग्यपूर्ण भएको भन्दै केही दल मात्र मिलेर चलखेल नगर्न समेत सचेत गराएका छन् । गम्भीर प्रकृतिका मुद्दाहरुमा सजाय निर्धारण गर्दा ७५%माफी मिनाह दिन खोजिएको भन्दै थापाले त्यो आपत्तिजनक हुने बताए । पार्टी निकट पुर्ब प्रहरी संगठनको कार्यक्रममा बोल्दै थापाले ३ दलले गठबन्धन गरे भन्दैमा जे मा पनि उन्मुक्ति दिन नपाईने चर्चा गर्दै थापाले पिडित सरोकारवालाको सहमती बिना ल्याईने कानुनले सङ्क्रमणकालिन न्याय दिन नसक्ने समेत दाबी गरे । थापाले बाल सेना शव्द हटाइएर सहमति गर्न खोजिएकोमा पनि तिब्र असन्तुष्टि पोखे ।
प्रहरी प्रशासनमा भैरहेको नाङ्गो राजनीतिक हस्तक्षेपले नयाँ गठबन्धन निर्माणको अन्तर्य बुझ्न सकिने भन्दै थापाले अब जनताले शसक्त प्रतिबाद गर्ने समय आएको समेत बताए । कार्यक्रममा पार्टीका वरिष्ठ नेता तथा वरिष्ठ अधिबक्ता बिष्णु भट्टराई , संगठनका अध्यक्ष हरिहर श्रेष्ठ लगायतले बोलेका थिए भने पुर्ब प्रहरीहरु लाई अध्यक्ष थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए ।