प्रेस वक्तव्य
Share
प्रेस वक्तव्य
बंगलादेशमा जारी हिंसात्मक प्रदर्शनको क्रममा हिन्दुहरू माथि संगठित आक्रमण भैरहेको समाचारले विश्वभरका सनातन धर्मावलम्बीहरूलाई स्तब्ध बनाएको छ। बंगलादेशका जनताले बिभिन्न मागहरु राखेर गरेको आन्दोलनकाबारेमा हाम्रो भन्नु केही छैन। त्यो उनिहरुको अधिकार हो। तर, धार्मिक आस्थाको आधरमा गरिने हिंसाप्रति सचेत बिश्व समुदाय मौन रहन सक्दैन। आन्दोलनको बलमा सत्ता परिवर्तन भैसकेपछि पनि हिन्दूहरू माथी अमानवीय र निर्मम आक्रमण हुनु तथा मन्दिरहरुमा तोडफोड गरिनु मानवअधिकारको ठाडो उल्लंघन हो। धार्मिक आस्थाको आधरमा भएका हिंसाको राप्रपा नेपाल घोर भत्सर्ना र बिरोध गर्दछ। मानवता बिरुद्धको यस्ता घटनाप्रति नेपाल सरकारले कुनै प्रतिक्रिया नजनाउनु र मौन रहनु आश्चर्यजनक छ। हिन्दूहरू माथी भैरहेको आक्रमण अन्त्य गर्न र पिडितहरुको उद्धार र सहयोगका निम्ति बंगलादेश सरकार र संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ।
कमल थापा
अध्यक्ष, राप्रपा नेपाल