राप्रपा नेपाल घोषणा पत्र
Share
पृष्ठभूमी
नेपाल दक्षिण एशियाको सबैभन्दा जेठो स्वतन्त्र राष्ट्र हो र पूर्वीय दर्शन र सभ्यताको मुहान हो । नेपाल विश्वका दुई महान् धर्महरु अर्थात हिन्दुधर्म र बौद्धधर्मको उदगमस्थल हो । किराँतधर्म र किराँत संस्कृतिको प्रादुर्भाव पनि यही भूखण्डमा भएको हो । आदिकालदेखि प्रकृतिपूजन पनि नेपाली समाजमा प्रचलित रहंदै आएको छ ।
भगवान बुद्धको जन्म नेपाल कै पावनभूमी लुम्बिनीमा भएको हो । राजर्षी जनकको कर्मभूमी र सीता माताको प्रकटिकरण स्थल वर्तमान नेपाल कै जनकपुर क्षेत्र हो । विश्वको सर्वोच्च शिखर सगरमाथा र हिमालय पर्वतश्रृंखला नेपालमा नै छन् । हिन्दु, बौद्ध तथा किराँत धर्म, संस्कृति र परम्पराको संयोजन र सहकार्यबाट नेपालको बिशिष्ट पहिचान बनेको छ । यिनै धर्म, संस्कृति र परम्पराको जगमा नेपाल राज्यको अस्तित्व टिकेको छ । हाम्रो परिवार, हाम्रो समाज र राज्य संचालनको आधारस्तम्भ पनि यिनै मान्यताहरु हुन । कालान्तरमा ईस्लाम र ईशाई धर्मावलम्बीहरु पनि नेपालमा आए । सबैसँग मिलेर बस्ने नेपालीको संस्कृति हो । सहकार्य र सहअस्तित्व नेपाली संस्कार हो। राष्ट्रनिर्माणमा सबै जाती, धर्माबलम्बी र समुदायको योगदान रहेको छ ।
भौगोलिकरुपमा केही सानो भए पनि नेपालमा विभिन्न धर्म, जाती, जनजाती, भाषाभाषी, वर्ग र सम्प्रदायका मानिसहरुको बसोबास रहँदै आएको छ । विविधतामा एकता नेपाली पहिचान हो । सत्य एउटै छ, त्यसको नाम मात्र अलग हो । त्यसलाइ प्राप्त गर्ने बाटो मात्र फरक हुन्छ भन्ने मान्यता नेपालमा वैदिककालदेखि प्रचलनमा रहेको छ । यही मान्यता आधुनिककालको बहुलवाद हो । निष्काम कर्म र मोक्षको प्राप्ति मनुष्य जातिको स्वधर्म हो भन्ने पवित्र ग्रन्थ गीताको सन्देश नेपाली चरित्र हो ।
“सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःखभाग्जन ।।” अर्थात सबै सुखी होउन । सबै निरोगी होउन । साबैले राम्रो देखुन्। कोही दुःखी नहुन् भन्ने मान्यता नेपाली समाजको आदर्श हो।
जनताको हित तथा सुख, समाजमा शान्ति, प्रत्येक व्यक्तिको जीउधनको सुरक्षा, र पर्यावरणको संरक्षण राज्यको धर्म हो भन्ने हाम्रो प्राचीन मान्यता छ । अधर्म, विधर्म र धर्मनिरपेक्षजस्ता मान्यताहरु पुर्वीय दर्शनमा आधारित राज्यको स्वभाव र चरित्र होईन । धर्मप्रतिको अनुराग तथा सापेक्षता शास्वत वैदिक मान्यता हो, जसको आधारमा हाम्रो समाज सदियौदेखि चल्दै आइरहेको छ।
नेपालको सन्दर्भमा सनातन धर्म राष्ट्रिय एकताको मूलआधार पनि हो । हिमाल, पहाड, मधेश जहाँ बसे पनि हाम्रो साझा भगवान, धर्म र संस्कृति रहेको छ । पूजा, आराधना र उपासना विधि फरक भए तापनि मूल मान्यता वा सत्यको स्वरुप एउटै छ । सनातनधर्मले नै नेपालीलाई एकताको सूत्रमा गाँसेको छ । सनातनधर्म हाम्रो मौलिक राष्ट्रिय पहिचान हो।
प्राचीनकालमा नेपालको वैभव र सम्पन्नता उत्कर्षमा रहेको थियो । कला, संस्कृति र पुरातात्विक सम्पदाको दृष्टिकोणबाट नेपाल समकालीन विश्वमा अग्रणी स्थानमा थियो। काठमाण्डौ उपत्यका व्यापारिक तथा साँस्कृतिक केन्द्र थियो । हाम्रो ईतिहास वीरगाथाहरुले भरिपूर्ण रहेका थिए।
तसर्थ, सनातन धर्म, संस्कृति, परम्परा, मर्यादा र गौरवपूर्ण इतिहासको संरक्षण र सम्बद्र्धन वर्तमान पींढीका प्रत्येक व्यक्ति, समाज र राष्ट्रको कर्तव्य हो र हुनुपर्छ।
त्यसैगरी राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताको संरक्षण र सम्बद्र्धन राज्य एवं प्रत्येक नागरिकको प्राथमिक दायित्व हो । नेपालको भूराजनीतिक परिवेशमा त झन् यो विषयले सर्वाधिक महत्व राख्दछ । राष्ट्रियता सुदृढ तुल्याउन राष्ट्र बलियो हुनुपर्छ । राष्ट्र बलियो हुन जनता बलियो हुनुपर्छ । अनि जनता बलियो हुन प्रजातन्त्र र आर्थिक बिकास अनिवार्य रहन्छ । गरीबी र निरंकुशतामा जनता कमजोर रहन्छन् । यो वास्तविकतालाई दृष्टिगत गर्दै देशको समग्र आर्थिक बिकास र जनताको जीवनस्तरको अभिवृद्धि हाम्रो मुख्य अभिभारा हुनुपर्छ । आर्थिक बिकासको निम्ति सुशासन तथा सक्षम र जनउत्तरदायी शासन प्रणाली आबश्यक पर्छ ।जनउत्तरदायी शासन प्रणालीको आधार भनेको प्रजातन्त्र नै हो । जनताद्वारा जनताको निमित्त जनताको सरकार भन्ने प्रचलित सिद्धान्त प्रजातन्त्रको आधारभूत मान्यता हो।
संविधान र शासन व्यवस्था कायम गर्न सकेका छैनौ । प्रजातन्त्र प्राप्तिको निमित्त पटकपटक आन्दोलनहरु भए, व्यवस्थाहरु परिवर्तन भए, तर जनताको जीवनमा सार्थक परिवर्तन हुन सकेन । त्यसको मुख्य कारण राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तन हुन नसक्नु हो । जबसम्म राजनीतिक परिवर्तनले सर्वसाधारण नागरिकको जीवनस्तरमा सुधार ल्याउन सक्दैन, तबसम्म राजनीतिक उपलव्धिमा जनताले अपनत्व कायम गर्न सक्दैनन् भन्ने विश्वका विभिन्न भागमा भएका संघर्षहरुले पनि प्रमाणि गरिसकेका छन् । तसर्थ, राजनीतिक परिवर्तनसँगै आर्थिक बिकास र समृद्धिको आधार तयार गर्नु अनिवार्य छ । यो वास्तविकतालाई नेपालका प्रमुख राजनीतिक दलका नेताहरुले आत्मसात गर्न सकेका छैनन्।
२०६२÷६३ को आन्दोलनपश्चात नेपालमा दूरगामी महत्वका राजनीतिक परिर्वतन भयो । उक्त परिवर्तन तथा बिशेष गरी संविधानसभाबाट नयाँ संविधान जारी भए पछि नेपालमा नयाँ युगमा प्रवेश गर्ने अपेक्षा गरिएको थियो । दुर्भाग्यवश नेपाली जनताको आशा, बिश्वास र भरोसाका वावजुद अहिले पनि परिस्थितिमा सार्थक सुधार हुन सकेको छैन । यस कालखण्डको कार्यप्रगति निराशाजनक रहेको छ।
धर्मनिरपेक्षताको आडमा संगठित र योजनावद्धरुपले धर्मपरिवर्तन गराउने तथा सनातनधर्म र संस्कृतिलाई विस्थापित गरी विदेशी धर्म र संस्कृति स्थापित गर्ने कार्य भैरहेको छ । यो प्रवृत्ति बढ्दै गएमा नेपालमा सदियौँदेखि कायम रहँदैआएको धार्मिक सांस्कृतिक सदभाव खलबलिने र देश धार्मिक द्वन्दमा फस्न सक्ने खतरा देखिन्छ।
लोकतन्त्रको आवरणमा सर्वसत्तावादी चिन्तन र प्रवृत्ति हाबी भैरहेको छ।
विगत केही वर्षयता नेपालमा बाह्य शक्तिहरुको चलखेल र प्रभाव तीव्ररुपले बढेर गएको छ । नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने दिशातर्फ उन्मुख भैरहेको छ । यसले नेपालको सार्वभौमिकता, निर्णायकत्व र स्वतन्त्रता संकुचित हुँदै जाने खतरा रहन्छ।
नेपालको इतिहासमा अहिले भ्रष्टाचार अत्यन्त डरलाग्दो ढंगबाट बढिरहेको छ । बेरोजगारी समस्या विकराल भएको छ । देशभित्र सामान्य जागिर नपाएर लाखौं नेपाली युवाहरु रोजागारीको खोजीमा बिदेश पलायन हुन वाध्य भएका छन् । देशको समग्र अर्थतन्त्र कमजोर भएको छ।
दुई छाक पेटभरी खान पाउने, आङ ढाक्ने लुगा लाउन पाउने, बिरामी पर्दा औषधोपचार गर्न पाउने, योग्यता र क्षमता अनुसार काम गर्न पाउने, आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिलाउन पाउने नेपालीको चाहना अस्वभाविक र असंभव सपना होइन । नेपाली जनताका आधारभूत चाहनाहरु तल बक्सामा दिइएको छ । ठीक नीति र कार्यक्रम, दूरगामी सोचाई भएको गतिशील र ईमान्दार नेतृत्व, सुशासन एवं स्वस्थ प्रजातान्त्रिक वातावरण कायम हुनसक्यो भने यी लक्ष्यहरु केही वर्षभित्रमा नै हासिल गर्न सकिन्छ । तर, अहिलेको अवस्थामा आर्थिक समृिद्धको नेपाली सपना मृगमरीचिका जस्तो भएको छ।
नेपाली जनताका न्युनतम चाहानाहरु
१. सबैले पढ्न पाउनु पर्दछ ।
२. सबै स्वस्थ रहनुपर्दछ ।
३. सबैले पेटभरी खान पाउनुपर्दछ ।
४. सबैले एकसरो लुगा लगाउन पाउनुपर्दछ ।
५. सबैले सीपअनुसारको रोजगारी पाउनुपर्दछ ।
६. सबैलाई सुरक्षित बासको सुनिश्चितता हुनुपर्दछ ।
संसारको कुनै पनि संविधान शतप्रतिशत पूर्ण हुन सक्दैन । संविधान समय र परिस्थिति अनुसार परिमार्जित र संशोधन हुँदै जाने गतिशील दस्तावेज हो । वर्तमान नेपालको संविधान २०७२ मा पनि थुप्रै कमीकमजोरी र अपूर्णताहरु छन् । तथापि, यो संविधानले जनताको अभिमतबाट प्रजातान्त्रिक ढंगमा आआफ्ना मान्यताहरु स्थापित गर्ने मौलिक अधिकार र स्वतन्त्रता सुनिश्चित गरेको छ।
राष्ट्रिय अखण्डता, जनतामानिहित सार्वभौमसत्ता र राष्ट्रिय सार्वभौमिकता वाहेक सबै विषयहरु परिवर्तनीय छन् । त्यसकारण फरक मान्यता बोकेका तर जनतामा बिश्वास भएका कुनै पनि समूह वा राजनीतिक दलहरुले यही संविधानबाट आफूले चाहेको नीति, प्रणाली र व्यवस्था स्थापित गर्न सक्दछन् । तसर्थ अब राजनीतिक विवादमा समय खेर फाल्नु जरुरी छैन । हरेक राजनीतिक दलका आआफ्ना मान्यताहरु हुन्छन् । प्रजातन्त्रको सौन्दर्य भनेकै फरक फरक विचारहरु वीचको प्रतिस्पर्धा हो । जसले जनताको मत र बिश्वास पाउँछ, सोही दलले आफ्नो मान्यता स्थापित गर्छ र ती मान्यताका आधारमा राज्य संचालन गर्दछ । अन्य राजनीतिक दलहरु प्रतिपक्षमा रहेर अर्को चुनावमा जनताको बिश्वास जित्ने अभ्यास गर्दछन्।
तसथर्, अबको प्राथमिकता र वर्तमान समयको मुख्य आवश्यकता भनेको आर्थिक बिकास र समृद्धि हो । आर्थिक बिकास र समृद्धिको निमित्त शान्ति र स्थिरिता आबश्यक पर्छ । शान्ति र स्थिरताको निमित्त नेपाली जनताका वीचमा एकताको आबश्यक पर्छ । नेपाली जनताका वीचमा एकताका लागि चार खम्बाहरु (१) राष्ट्रियता, (२) समावेशी प्रजातन्त्र, (३) सनातन धर्म र (४) उदार अर्थतन्त्र छन् भन्ने हाम्रोे बिश्वास रहेको छ।
स्वभाविकरुपमा यही पृष्ठभूमी र यर्थाथकरुमा रहेर नेपाली जनताले राष्ट्रनिर्माणको लागि वैकल्पिक बिचारधारा, मार्गचित्र र संवाहक खोजिरहेका छन् । यही वैकल्पिक बिचारधारा, बाटो र संवाहकको खोजिगर्ने क्रममा “राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) को जन्म भएको हो । मुलुकमा हाल विद्यमान संकट र यथास्थितिको अन्तगरी राष्ट्रियताको संरक्षण, समावेशी प्रजातन्त्रको सुदृढीकरण, सनातनधर्म संस्कृतिको रक्षा, दिगो शान्तिको स्थापना, राजनीतिक स्थिरता र सुशासन कायम गर्न राप्रपा नेपाल सदा प्रयत्नशील रहने छ।
लक्ष्य
”सम्बद्र्धनवाद”को सैद्धान्तिक परिधिभित्र हिन्दुराष्ट्रको धरातलमा समावेशी प्रजातन्त्र र सुशासनको माध्यमबाट सबल र समृद्ध नेपाल निर्माण गर्नु राप्रपा नेपालको लक्ष्य हो।
मुख्य उद्देश्यहरु
नेपाली जनतामा निहीत सार्वभौमसत्ता, वहुदलीय प्रजातन्त्र तथा प्रचलित संविधानप्रति प्रतिबद्ध रही राप्रपा नेपालको मुख्य उद्देश्यहरु देहाय बमोजिम रहेका छन्।
(१) नेपाली समाजमा विद्यमान धार्मिक, सामाजिक, सांस्कृतिक, भाषिक, जातीय एवं वर्गीय विविधताको सम्मान र संरक्षण गर्दै राष्ट्रिय एकता सृदृढ तुल्याउने,
(२) सबै धर्मका बीचमा सदभाव, सहअस्तित्व, समानता र पूर्ण धार्मिक स्वतन्त्रताको मान्यता कायम गर्दै सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको स्थापना गर्ने,
(३) अखण्ड नेपालको भावनालाई आत्मसात गर्दै नेपालको भौगोलिक सिमाना एवं राष्ट्रिय अखण्डताको रक्षा गर्ने,
(४) नेपालको आन्तरिक मामिलामा कुनैपनि राष्ट्रको थिचोमिचो र हस्तक्षेप हुन नदिने तथा राष्ट्रिय सार्वभौमिकता र स्वाभिमानको संरक्षण गर्ने,
(५) सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रताको अवधारणालाई आत्मसात गर्दै परम्परादेखि प्रचलनमा रहेको सनातनधर्म (हिन्दु, बौद्ध, किराँत तथा प्रकृति पूजन) संस्कृति, परम्परा एवं मूल्यमान्यताको संरक्षण र सम्बद्र्धन गर्ने,
(६) उदार अर्थनीतिको अबलम्बन गर्दै प्रत्येक नेपाली जनताको जीवनस्तर माथि उठाउने, गरीबी हटाउने तथा नेपालको समग्र आर्थिक बिकासमा योगदान पु¥याउने।
(७) समाजमा विद्यमान सबैप्रकारका विभेद, छुवाछुत र असमानताको अन्त्य गर्ने,
(८) राज्यका सबै अंगमा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चत गर्ने,
(९) भ्रष्टाचारमा शुन्यसहनशीलता कायम गरी देशमा सुशासन कायम गर्ने,
(१०) मानव अधिकार र मानवीय मूल्यलाई राज्य संचालनको आधार बनाउने,
(११) कानुनी राज्यको सिद्धान्तको पूर्ण पालना गर्ने र गराउने,
(१२) असंलग्नता, पंञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रप्रति प्रतिवद्ध रहँदै विश्वका सबै मुलुकहरूसँग शान्ति र मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्ने।
राष्ट्रियताः सर्वोपरी साध्य
नेपालको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राप्रपा नेपालले ”राष्ट्रियता”लाई सर्वोपरी साध्यकारुपमा आत्मसात गर्दछ।
समावेशी प्रजातन्त्रः अपरिहार्य आधार
बहुलवादको सिद्धान्तमा आधारित समावेशी प्रजातन्त्र नै राष्ट्रनिर्माण र सामाजिक, साास्कृतिक र आर्थिक उत्थानको अपरिहार्य आधार हो भन्ने मान्यतामा राप्रपा नेपाल बिश्वास गर्दछ।
आदर्श पुरुष र मार्गदर्शक सिद्धान्त
राप्रपा नेपालले राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई आदर्श पुरुषका रुपमा सम्मान गर्दछ तथा राष्ट्रनिर्माताको “दिव्य उपदेशलाइर्” मार्गदर्शक सिद्धान्तकोरुपमा ग्रहण गर्दछ।
सम्बद्र्धनवादः बैचारिक दर्शन
सनातन वैदिक मूल्य, मान्यता र चिन्तनमा आधारित ”सम्बद्र्धनवाद” राप्रपा नेपालको बैचारिक दर्शन हुनेछ । सनातनधर्म, संस्कृति, मर्यादा, परम्परा, संस्थाहरुको संरक्षण र सम्बद्र्धनको संगसंगै राष्ट्रियता र प्रजातन्त्रलाई सुदृढ तुल्याउंदै सबल र समृद्ध राष्ट्रनिर्माण गर्ने अवधारणालाई “सम्बद्र्धनवाद” भन्न खोजिएको हो । “सम्बद्र्धनवाद” नेपालको वीरतापूर्ण र गौरवशाली इतिहासको जगमा नेपालको राष्ट्र्रिय स्वतन्त्रता, एकता र सार्वभौमिकता सुदृढ तुल्याउने सोच र चाहनाको परिणाम समेत हो। “सम्बद्र्धनवाद” परिवर्तनकारी शक्ति र बिचारका साथै यिनीहरु बिचको सामञ्जस्यता र सहकार्यको अग्रगामी, प्रगतिशील र मध्यमार्गी बिचारधारा हो।
व्यक्ति, परिवार, समाज र राष्ट्र निश्चित मूल्य र मान्यताको जगमा खडा भएका हुन्छन् । कुनै पनि परिवार, समाज वा देश शुन्यमा खडा भएको हुंदैंन । प्राचीनकालदेखि नेपाली समाज र राज्यव्यवस्था सनातनधर्म, संस्कृति र परम्पराको धरातलमा खडा रहेको तथा चल्दै आएको तथ्य सर्वविदितै छ । सम्बद्र्धनवाद त्यहि धरातललाई सुदृढ बनाउने मान्यता हो । सम्बद्र्धनवाद नितान्त नवीन अवधारणा होईन । यो नेपाली समाज र राज्यको अस्तित्वसंग गाँंसिएको प्राचीन र मौलिक दर्शन हो । नेपालको परिवर्तित राजनीतिक र सामाजिक परिवेश एवं जनचाहनाको पृष्ठभूमीमा सम्बद्र्धनवादलाई सहमति र सम्झौताको साझा र मध्यमार्गी बैचारिक बाटोको रुपमा बिकास गर्न खोजिएको छ।
“असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मामृतं गमय ।।” को मान्यता सम्बद्र्धनवादको आदर्श हो।
सम्बद्र्धनवादको दर्शनले मुख्यतया देहायबमोजिमका मान्यताहरुलाई आत्मसात गर्दछ ः
(१) राष्ट्रप्रेम र देशभक्तिको भावना
(२) निरन्तरतासहितको परिवर्तन
(३) सनातन वैदिक मूल्य र मान्यता
(४) उदार, एकात्मक र समन्वयात्मक मानवतावाद
(५) सनातन धर्म, संस्कृति, परम्परा र हिन्दुराष्ट्रको मान्यता
(६) विविधतामा एकता
(७) सामाजिक न्याय र समानता
(८) जनताको सर्वोच्चता एवं समावेशी प्रजातन्त्र
(९) लोककल्याणमा आधारित उदार आर्थिक नीति
(१०) वर्ग समन्वय एवं शोषणरहित समाज
(११) सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली
धर्मिनरपेक्षता र संघीयता
(१) धर्मनिरपेक्षता विनाशर्त खारेज गरिनुपर्छ तथा सबै धर्मका वीचमा सदभाव, सहअस्तित्व, समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहित नेपाललाई सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र कायम गरिनुपर्छ।
(२) संघीयताको वर्तमान स्वरूप र संरचनालाई परिवर्तन गर्नुपर्दछ । केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकारसम्पन्न सुदृढ स्थानीय सरकार कायम गरिनुपर्छ।
हिन्दुराष्टको अवधारणा
राप्रपा नेपालले हिन्दुराष्ट्रको स्थापनालाई आफ्नो महत्वपूर्ण कार्यभारको रुपमा लिएको छ । हिन्दुराष्ट्रको विषय उठाएर राप्रपा नेपालले धर्मको आधारमा शासन संचालन गर्ने वा एउटै मात्र धर्मलाई राज्यले बिशेष संरक्षण र सुविधा दिनुपर्छ भन्न खोजेको होईन । राप्रपा नेपाल सबै धर्मका बिच समानता र पूर्ण धार्मिक स्वतन्त्रता हुनुपर्दछ भन्ने पक्षधरको हो । राप्रपा नेपाल सबै धर्मका वीच समभाव, सद्भाव र सहकार्यको नीतिमा बिश्वास गर्दछ । हिन्दुराष्ट्रको अवधारणा सनातन धर्मको साझा प्रतीक वा अभिव्यक्ति हो । सनतानधर्म भन्नाले एउटै मूलश्रोतबाट उदगम भएका हिन्दु, बौद्ध, किराँत, जैन, शिख र प्रकृति पूजनजस्ता धार्मिक सांस्कृतिक मान्यता र परम्परालाई समेत जनाउँछ। नेपाली भूमिमा सदियौँदेखि प्रचलनमा रहेका यी सबै मान्यताहरुको समष्टिगत संयोजन र सहकार्यबाट नेपालको मौलिक र बिशिष्ठ पहिचान बनेको छ । सनातनधर्म हाम्रो पहिचान, एकताको आधार तथा परिवार, समाज र राज्यव्यवस्थाको स्तम्भ हो । सनातनधर्मसापेक्ष हिन्दुराष्ट्रको अवधारणालाई संकीर्ण धार्मिक अर्थमा मात्र बुझ्नु गलत हुनेछ। यही पृष्ठभूमिमा नेपालको पहिचानको रुपमा सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र हुनुपर्छ भन्ने राप्रपा नेपालको मान्यता हो ।
संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य
नेपालको संविधान २०७२ मा प्रदत्त कतिपय प्रवाधानसँग राप्रपा नेपालको गंभीर असहमति रहेको छ । आफ्ना मान्यताप्रति दृढ रहँदै राप्रपा नेपालले संविधानलाई आलोचनात्मक समर्थन गर्दछ । साथै, संविधान र संवैधानिक व्यवस्थासंग सहकार्य गर्दै जनताको अभिमतबाट आफ्ना मान्यताहरू स्थापित गर्ने नीति राप्रपा नेपालको रहने छ।
अबको गन्तव्य: आर्थिक क्रान्ति एवं सबल र समृद्ध नेपालको निर्माण
(१) आर्थिक बिकास
समग्र आर्थिक बिकास र समृद्धि अब नेपालको मुख्य प्राथमिकता हुनुपर्छ । आर्थिक बिकासविनाको राजनीतिक परिवर्तन टिकाउ हुँदैन भन्ने स्पष्ट भैसकेको छ ।
सबल र समृद्ध नेपाल निर्माणको निमित्त राप्रपा नेपालले आर्थिक क्रान्तिमा जोड दिनेछ ।
राप्रपा नेपालले सबल र समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्तिका निमित्त अर्थतन्त्रको सुधार र आर्थिक बिकासलाई उच्च प्राथमिकता दिई २० वर्षे “दीर्घकालिन राष्ट्रिय बिकास कार्ययोजना” तयार गर्नेछ । आर्थिक बिकासको निमित्त राप्रपा नेपालले देहाय बमोजिमको नीति कायम गर्नेछ ।
(१) पारदर्शी, जवाफदेही र भ्रष्टाचार मुक्त प्रशासन
(२) उदार तथा जनमुखी अर्थनीतिको कार्यान्वयन
(३) निजी क्षेत्र, सार्वजनिक क्षेत्र र जनताको साझेदारी ९एचष्खबतभ, एगदष्अि, एभयउभिुक एबचतलभचकजष्उ० को अवधारणाको अबलम्वन
(४) राज्यले सहजीकरण र सहयोगिको भूमिका खेल्ने तथा निजी क्षेत्र अग्रणी स्थानमा रहने नीतिको अवलम्बन
(५) उद्योग तथा व्यवसाय प्रवद्र्धनका निमित्त लगानी मैत्रीकानुन तथा वातावरणको निर्माण
(६) मौद्रिक, वित्तीय एवं कर नीतिमा व्यापक सुधार
(७) आर्थिक अपराध नियन्त्रणको कठोर कानुनी व्यवस्था
(८) सामाजिक न्याय एवं कल्याणकारी राज्यको अवधारणाको कार्यान्वयन
(२) शिक्षा
देशलाई आबश्यक दक्ष जनशक्ति तयार गर्ने तथा प्रत्येक नागरिकले आत्मनिर्भर भएर बाच्न सक्ने शिक्षा नीति तथा व्यवस्थाको कार्यान्वायन राएपा नेपालको प्राथमिकता हुनेछ । साथै, शिक्षामा सबैको पहुँच कायम गर्ने तथा सबैलाई गुणस्तरिय शिक्षा भन्ने मान्यता अनुरुप विद्यमान शिक्षा प्रणालीमा आमुल सुधार गरिने छ । गुरुकुल तथा मदरासा शिक्षालाई प्रोत्साहित गरिने छ।
(३) स्वास्थ्य
स्वास्थ्य सुविधालाई अझै सस्तो, सुलभ, पहँुचयोग्य, गुणात्मक र भरपर्दो बनाउने तथा स्वास्थ्य सेवामा आमजनताको सहज पंहुचको अभिवृद्धि गरिने छ । स्वास्थ्य विमाको अवधारणा कार्यान्वन गरी क्रमशः विपन्न वर्ग, राष्ट्रसेवक, सुरक्षाकर्मी, मजदुर वर्ग, महिला र आमजनसमुदायलाई निशुल्क स्वास्थोपचारको व्यवस्था गरिने छ ।
(४) आवास तथा भोजन
(१) कुनै पनि नेपाली परिवार आवासविहीन नहुन् भन्ने मान्यता अनुरुप विपन्न वर्ग, न्युन आय भएका तथा पिछडिएका वर्गहरुलाई उपयुक्त नीति बनाई आवासको सुविधा उपलव्ध गराईने छ।
(२) प्रत्येक नेपाली जनताले मानवोचित जीवन यापनको क्रममा भोकै बस्नु नपरोस् भन्ने उदेश्य अनुरुप राप्रपा नेपालले राष्ट्रिय खाद्य सुरक्षा नीति कार्यान्वन गर्नेछ ।
(५) रोजगारी
देशभित्रै रोजगारीको पर्याप्त अवसर सिर्जना गरी सामान्य काम र जीविकोपार्जनको लागि बिदेश जानुपर्ने वाध्यात्मक परिस्थितिको अन्त गर्ने तथा बिदेश गएकाहरुलाई समेत स्वदेश फर्कन उत्प्रेरित गर्ने कार्य गरिने छ।
(६) उद्योग तथा वाणिज्य क्षेत्रको बिस्तार
(१) विश्व अर्थव्यवस्थामा नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न तथा स्वदेशी र बिदेशी लगानि अभिवृद्धि गर्न उदार तथा खुला बजारमुखी आर्थिक नीतिको भावना अनुरुप मौद्रिक तथा वित्तिय नीति, भन्सार महशुल दर, व्याजदर र करको ढांँचा एवं समग्र उद्योग व्यापार नीतिमा व्यापक सुधार गरिने छ । स्वदेशी उद्योग र उत्पादनलाई प्रोत्साहन गर्ने नीति अवलम्वन गरिने छ । राप्रपा नेपालले कल्याणकारि पुूँजीवादी अर्थव्यवस्थालाई जोड दिनेछ ।
(२) राष्ट्रिय सुरक्षा, सार्वजनिक हित र वातावरणीय संरक्षणको निमित्त आबश्यक देखिएकावाहेक अन्य सबै आर्थिक क्रियाकलापबाट राज्यको संलग्नता क्रमशः हटाउंदै लगिने छ । साथै उपरोक्त क्षेत्रहरुवाहेक अन्य सबै क्षेत्रहरुमा निजी क्षेत्रको संलग्नता खुला गरिने छ । उद्योग व्यापारको बिकास र बिस्तारका लागि एकद्वार नीति कार्यान्वयन गरिने छ।
(७) कृषि पद्धतिमा व्यापक सुधार (Agrarian Reform)
समग्र कृषि विकासको प्रविधि, भू–व्यवस्था, किसानको हित, अनुसन्धान तथा विपद् व्यवस्थासहितको ५ बुदें प्याकेज कार्यक्रम अगाडि बढाइने छ ।
१. कृषि प्रविधिको विकास
(१) सिंचाई, ग्रामीण विद्युतिकरणमा सहुलियतपुर्ण ऋण सुविधा, बजार व्यवस्था, स्रोत संरक्षण, नवीनतम कृषि प्रविधि, उन्नत बीउ विजन, मलखादमा विशेष ध्यान दिइनेछ।
(२) उच्च मूल्य, थोरै वजन तथा थोरै आयतन भएका कृषिजन्य वस्तुहरुको उत्पादनमा अभिप्रेरित गरिने छ ।
(३) कृषि–उद्योग ९ब्नचय(ष्लमगकतचथ० लाई अधिकतम् प्राथमिकता दिइने छ ।
२. जनमुखी भूमिसुधार: राजनैतिक सुधारको लक्ष्य हासिल गर्न तथा आर्थिक वृद्धिदर बढाउन राएपा नेपालले जनमुखि भूमिसुधारको अवधारणा लागु गरिने छ ।
(१) भू–उपयोग नीति अवलम्वन गरिने छ ।
(२) जग्गाधनीले छाड्नुपर्ने जग्गा उचित मुआवजामा प्रप्त गरिने छ ।
(३) ग्रामीण इलाकामा जग्गा बाँझो राख्न प्रतिबन्ध लगाइनेछ छ ।
(४) जग्गाहीन र सीमान्त वर्गहरुलाई सहुलियत दरमा जग्गा उपलब्ध गराइने छ ।
(३) किसानको हित: कृषिमा बृद्धि र कृषकको आम्दानीलाई बढावा दिन “खेतदेखि पेटसम्म” का कार्यक्रमहरु संंचालन गरिने छ ।
(१) मूल्य श्रेणी ९खबगिभ अजबष्ल० मा लगानी गर्न निजी क्षत्रलाई प्रोत्साहन दिने
(२) विपन्न तथा सीमान्त कृषकहरुको आर्थिक स्थितिमा सुधार ल्याउनका निमित्त बैंक तथा वित्तीय संस्थाहरुमा उनीहरुको पंहँुच कायम गरिने छ । त्यस्ता किसानहरुलाई सहुलियत व्याज दरमा ऋणको व्यवस्था गरिने छ ।
(३) साना किसानहरुले लिएको ऋण तथा व्याज मिनाहाको निमित्त बिशेष प्याकेज कार्यक्रम कार्यान्वन गरिने छ ।
(४) कल्याणकारी कोष स्थापना गर्ने, किसानहरुलाई पेन्सनको व्यवस्था तथा निशुल्क र सर्वसुलभ प्राविधिक सेवा प्रदान गरिने छ ।
(४) अनुसन्धान तथा शिक्षा ः कार्यमूलक अनुसन्धान र किसानको क्षमता बृद्धि गराउने कार्यक्रममा प्राथमिकता दिइने छ ।
(५) विपद व्यवस्थापन ः खाद्य सुरक्षा, कृषि उपजको न्यूनतम् बाली मूल्य, खरिदको व्यवस्था, बाली, पशु तथा प्राकृतिक विपद् विमा कार्यक्रम सञ्चालन गरिने छ।
(८) जलस्रोतको एकिकृत बिकास
जलस्रोत नेपालको समग्र आर्थिक बिकासको मेरुदण्ड हो । जलस्रोतको बहुआयामिक उपयोगिता र एकीकृत विकासको संभावनालाई दृष्टिगत गर्दै यसको बिकासको सम्दर्भमाः
(१) नेपालका नदीहरुमा रहेका अपार जलस्रोतलाई भण्डारण गरि सिंंचाईको निमित्त व्यापक रुपले प्रयोग गर्ने
(२) जलाशययुक्त बहुउद्देशीय योजनाहरुलाई प्राथमिकता दिने
(३) नदी तर्काएर टार एवं फाँंटहरु सिचाई गर्ने व्यवस्था गर्ने
(४) छिमेकी मुलुकहरुमा विद्युत निर्यातलाई प्रोत्साहन दिने
(५) जलस्रोत बिकासमा स्वदेशी तथा बिदेशी लगानी प्रवद्र्धन गर्ने,
(५) प्रसारण एवं वितरण क्षेत्रमा पनि क्रमशः निजी क्षेत्रलाई संलग्न गराउने
(६) सामुदायिक विद्युत्त विकास अवधारणाअन्तर्गत गाउँ तथा नगरपालिका एवं अन्य संगठित ग्रामिण समुदायहरुलाई उत्पादन तथा वितरण प्रणालीको काममा संलग्न गराउने लगायतका नीतिहरु कार्यान्वयन गरिने छ।
(९) पर्यटन विकास र प्रवध्र्दन
नेपालको आर्थिक बिकासको महत्वपूर्ण आधारस्तम्भ पर्यटन क्षेत्र हो । तसर्थ, पर्यटन उद्योगको प्रवद्र्वनका लागि होटल, पर्यटकीय स्थलहरुको पहिचान र निर्माण, पर्यटनसँग सम्बन्धित भौतिक पूर्वाधारको विकास तथा पर्यटकहरmको आवागमनलाई सहज बनाउने आदि कार्यलाई जोडदिइने छ।
(१०) वन तथा पर्यावरण संरक्षण
विश्वव्यापीरुपमा वातावरण तथा मौसममा आईरहेको व्यापक परिवर्तनले नेपालको पर्यावरण एवं जैविक विविधतामा समेत दूरगामी र गम्भीर प्रभाव पार्ने अवश्यंभावि छ । यो यथार्थलाई दृष्टिगत गर्दै वन जंगलको संरक्षण, भूक्षय नियन्त्रण, प्रदुषण नियन्त्रण तथा जल र जमिनको समन्वयात्मक सदुपयोगका निमित्त दीर्घकालीन योजना बनाएर कार्यान्वयन गरिनेछ।
(११) पुर्वाधार निर्माण ः राष्ट्रिय बिकासको मेरुदण्ड
(१) राप्रपा नेपालले यातायात एवं शहरी बिकासको दीर्घकालिन योजना बनाई क्रमशः कार्यान्वयन गर्ने नीति अवलम्बन गर्नेछ । यसै क्रममा काठमाडौ–हेटौडा जोडने सुरुङमार्ग, काठमाडौ–जुम्ला राजमार्ग, काठमाडौ बाहिरी चक्रपथ, तराईको मेची–महाकाली हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, काठमाण्डौ–तराई फास्टट्रयाक, मेचीकाली विद्युतीय रेलमार्ग, कोशी तथा नारायणी नदीमा जलमार्गजस्ता यातायातको संजाल निर्माण गरिने छ ।
(२) काठमाण्डौलाई राजनैतिक एवं प्रशासनिक राजधानीको रुपमा मात्र सीमित गरि एक सुन्दर शहर बनाउन बिशेष कार्ययोजना कार्यान्वन गरिने छ ।
(३) विर्तामोड, बिराटनगर, जनकपुर, बीरगंज, हेटौडा, भरतपुर, पोखरा, नेपालगंज, बीरेन्द्रनगर(सुर्खेत), दाङ घोराही र धनगढीलाई महानगरको रुपमा व्यवस्थित एवं योजनावद्ध ढंगबाट बिकास गरिने छ ।
(४) निजगढमा काठमाडौको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने छ । साथै, बिराटनगर, पोखरा, भैरहवा, नेपालगंज र धनगढीमा अन्तर्राष्ट्रिय उडान गर्न सकिने गरि बिमानस्थलको स्तरोन्नति गरिने छ
(१२) दुर्गम क्षेत्र बिकास परियोजना
(१) कर्णाली प्रदेशलगायत अतिदुर्गम क्षेत्रहरुमा बसोवास गर्ने जनताको जीवनस्तर अभिवृद्धि गर्न तथा ती क्षेत्रहरुको योजनावद्ध बिकासको निमित्त राप्रपा नेपालले एकिकृत दुर्गम क्षेत्र बिकास परियोजना तयार गरि कार्यान्वन गर्नेछ ।
(२) इञ्जिनियरिंग, कृषि, पशुपालन, फलफुल खेतीलगायतका प्राविधिक विषयहरुमा सीप तथा ज्ञानको अभिवृद्धि गर्ने खालका विद्यालय तथा पोलिटेक्निक कलेजहरु स्थापना गरिने छ ।
(३) दुर्गम क्षेत्रमा उद्यमशीलताको बिकास गर्न सहुलियत र सहज रुपमा ऋण तथा आर्थिक अनुदान दिने व्यवस्था गरिने छ।
(१३) तराई÷मधेशको उत्थानको लागि बिशेष कार्ययोजना
(१) आर्थिक एवं सामाजिक दृष्टिकोणबाट तराई मधेशक्षेत्र अहिले पनि निकै पछाडि परेको छ । यो वास्तविकतालाई मध्यनजर राख्दै तराई मधेशमा शिक्षा, स्वास्थ्य, रोजगारी अभिवृद्धि गर्न राप्रपा नेपालले बिशेष कार्ययोजना तयार गरी कार्यान्वयन गर्नेछ । साथै, यातायात, पर्यटन, उद्योग, सिचाई र संचारका पूर्वाधार बिकासमा जोड दिनेछ ।
(२) मिथिला, भोजपुरी र अवधी संस्कृतिहरुको संरक्षण र सम्बद्र्धनलाई प्राथमिकता दिईने छ ।
(३) जनसंख्याको अनुपातमा शिक्षा, स्वास्थ्य, रोजगारी र जनप्रतिनिधित्वको क्षेत्रमा आरक्षणसहितको बिशेष व्यवस्था गरिने छ।
(१४) आदिवासी, जनजाति, अल्पसंख्यक तथा मुस्लिम समुदायको उत्थान
जनसंख्याको अनुपातमा मानव बिकासको एकीकृत राष्ट्रिय सुचकांकअनुसार राष्ट्रिय औसत कायम नभएसम्म शिक्षा, स्वास्थ्य, रोजगारी र जनप्रतिनिधित्वको क्षेत्रमा आरक्षणसहितको बिशेष व्यवस्था गरिने छ ।
(१५) दलित समुदायको हित र कल्याणका लागि बिशेष पहल
(१) जातीय आधारमा हुने र गरिने कुनै पनि प्रकारका विभेद र छुवाछुतलाई दण्डनीय तुल्याइने छ । जातीय आधारमा छुवाछुत वा विभेदको व्यवहार गर्नेलाई कानुनबमोजिम संजाय गरिने छ ।
(२) मठ मन्दिर वा धार्मिक स्थलमा जातिगत आधारमा प्रवेश निषेध गर्ने कार्यलाई अन्त गरिने छ ।
(३) दलित तथा महादलितहरुका लागि शिक्षा, स्वास्थ्य, जनप्रतिनिधित्व र रोजगारिको क्षेत्रमा आरक्षणसहितको बिशेष व्यवस्था गरिने छ ।
(१६) खस आर्य समुदायको पहिचान एवं संरक्षण
(१) नेपालका आदिवासी जनसमुदायका रुपमा खस, आर्य, ब्राम्हण क्षेत्री, दशनामी र ठकुरीहरुको अलग पहिचानलाई राज्यले मान्यता दिनुपर्छ भन्ने राप्रपा नेपालको धारणा रहेको छ ।
(२) पिछडिएका क्षेत्रमा बसोबास गर्ने तथा गरीबीको रेखामुनि रहेका खस आर्यहरmको लागि पनि बिशेष सामाजिक सुरक्षा योजना लागू गरिने छ ।
(१७) महिला हित र सशक्तिकरण ः
(१) देशको कुल जनसंख्याको आधाभन्दा बढि भाग ओगटने महिलाहरुको समुत्थानविना देशको आथिक, सामाजिक एवं राजनीतिक रुपान्तरणको कल्पना गर्न सकन्नि । तसर्थ, महिलावर्गको शिक्षा, स्वास्थ्य र सुरक्षाको निमित्त बिशेष कार्यक्रम तर्जुमा गरी कार्यान्वन गरिने छ।
(२) राजनीतिक नियुक्ति तथा प्रतिनिधित्वको क्षेत्रमा कम्तिमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरिने छ।
(३) तलव, भत्ता तथा ज्यालामा पुरुष तथा महिलाबीच समानता कायम गरिने छ।
(४) दहेज प्रथा, बाल बिवाह, मानव बेचविखन, बलात्कार तथा घरेलु हिंसाजस्ता अभिशापको अन्त्यको निमित्त कठोर कदम चालिने छ।
(१८) राष्ट्रिय मुलनीति
राष्ट्रिय स्वतन्त्रता, अखण्डता, एकता, सार्वभौमिकता, प्राकृतिक एवं धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण र सम्बद्र्धनको निमित्त राष्ट्रिय सुरक्षा मुलनीति बनाईने छ।
(१९) सीमा सुरक्षा तथा व्यवस्थापन
(१) नेपालको भौगोलिक सीमाको सुरक्षा गरिने छ तथा विभिन्न भूभागहरुमा भएका अतिक्रमणलाई रोकी अतिक्रमित भूभागहरु फिर्ता गरिने छ।
(२) छिमेकी मुलुकका सरकारहरुसंग समन्वय गरी पारस्परिक समझदारीका आधारमा आआफ्नो देशको हितमा हुने गरी सीमालाई व्यवस्थित गर्ने वारे आबश्यक पहल गर्नेछ।
(३) सीमा व्यवस्थापन गर्दा सीमा क्षेत्रमा बसोवास गर्ने नेपालीहरुको हितलाई उचित ध्यानदिइने छ।
(२०) राष्ट्रिय स्वार्थ र स्वाभिमानको रक्षाका लागि परराष्ट्र नीति
(१) संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता र पञ्चशीलको सिद्धान्तको आधारमा विश्वसमुदायसंग सम्बन्धको बिकास र विस्तार गरिने छ ।
(२) शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य प्राप्तिका लागि छिमेकी मुलुकहरुसंग समझदारी कायम गरी नेपाललाई शान्ति क्षेत्रका रुपमा कायम गरिने छ।
(३) नेपालस्थित कुटनैतिक नियोगबाट संचालन हुने बिकास, निर्माण र सामाजिक सेवाका कार्यहरुलाई नेपाल सरकारको माध्यमबाट पारदर्शी ढंगले संचालन हुने गरी नियमित गरिने छ।
(४) देशभित्र बढ्दै गएको बैदेशिक हस्तक्षेप, आत्मसमर्पणवादी मानसिकता र व्यवहारको अन्त्यका लागि कुटनीतिक मर्यादा र सीमालाई प्रभावकारी ढंगबाट कार्यान्वन गरिने छ
(५) मित्रराष्ट्र भारतसंग सन् १९५० मा भएको शान्ति तथा मैत्रीसन्धिलाई समयानुुकल परिवर्तन गरी दुई देशको सम्बन्ध थप सुदृढ तुल्याउन नंया सन्धि गरिने छ।
(२१) गैरआवासीय नेपालीलाई नागरिकता
गैरआवासिय नेपालीहरुलाई नागरिकता प्रमाणपत्र र राहदानी दिने, नेपालमा कारोवार, बसोवास तथा आवतजावतमा सहजता कायम गर्ने वारे राएपा नेपालले आबश्यक नीति तथा कानुनी व्यवस्था निर्माण गर्नेछ । बिदेशमा रहेका नेपालीहरुले समेत मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरिने छ।
(२२ भाषा, साहित्य, कला र संस्कृति
(१) राप्रपा नेपालले साहित्य, कला र संस्कृतिकोे विकासमा विशेष ध्यान दिनेछ ।
(२) सबै जाति, जनजाति, आदिवासी र अल्पसंख्यक समुदायको साहित्य, भाषा, संस्कृति, रितिरिवाज, नाचगान, चाडपर्व, जात्रा, मेला र परम्पराको सम्बद्र्धनका निमित्त केन्द्रीय तथा स्थानीय सबै तहबाट विशेष कार्य योजना बनाई कार्यान्वयन गरिनेछ ।
(३) जनकपुर, लुम्बिनी र विजयपुर क्षेत्रलाई क्रमशः मिथिला, बौद्ध र किरात संस्कृतिको बृहत केन्द्रका रुपमा विकास गरिनेछ । जनकपुरको जानकी मन्दिरलाई बिश्व सम्पदा सूचिमा समावेश गर्न पहल गरिने छ।
(२०७८ फागुन ८ गते काठमाण्डौँमा बसेको केन्द्रिय कार्यसमितिको प्रथम बैठकबाट पारित)