LOADING

Type to search

राप्रपा नेपालका अध्यक्ष श्री कमल थापाको जीवनी

Personal Detail

राप्रपा नेपालका अध्यक्ष श्री कमल थापाको जीवनी

Share

हाल बुढानिलकण्ठ नगरपालिका वडा नं ४, पासिकोट, काठमाडौं निवासी कमल थापा वि.सं. २०३१ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको हैसियतबाट राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँले २०३३ सालसम्म विद्यार्थी मण्डलको नेतृत्व सम्हाल्नुभयो । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका थापा २०४३ – २०४६ तथा २०५१ – २०५५ मा जननिर्वाचित सांसदको भूमिकामा रहनुभयो भने २०७० देखि २०७४ सालसम्म सांसद तथा संविधानसभा सदस्य रहनुभएको थियो।
२०६२ देखि हालसम्म राप्रपा नेपालको अध्यक्षमा रहनुभएका थापाले २०४७ देखि २०५८ सम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवक्ता र २०५८ देखि २०५९ सम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री पदमा रहेर पार्टी र संगठनमा विशेष योगदान पु¥याउनुभएको थियो।
उहाँले २०४५ देखि २०७४ सम्मको विभिन्न अवधिमा अनेकौं मन्त्रालयहरुको जिम्मेवारी सफलताका साथ निर्वाह गर्नुभएको थियो। जस अन्तर्गत थापाले गृह (दुई पटक), परराष्ट्र (दुर्इ पटक), सूचना तथा संचार (दुई पटक), स्थानीय विकास (तिन पटक), स्वास्थ, उर्जा, कृषी, आवास तथा भौतिक योजना, कानुन न्याय तथा संसदीय व्यवस्था, वन तथा भूसंरक्षण मन्त्रालय सम्हाल्दै परिवर्तित राजनीतिक परिस्थतीमा २०७२ देखि २०७४ सम्म नेपाल सरकारको उपप्रधानमन्त्रीको जिम्मेवारी वहन गर्नुभएको थियो ।
खेलकूदमा विशेष रुची राख्ने थापाले २०३४ देखि २०४४ सालसम्म राष्ट्रिय खेलकुद परिषदको सदस्य, २०४१ देखि २०४५ सालसम्म नेपाल ओलम्पिक कमिटिको महासचिब, २०३५ देखि २०४४ सालसम्म अखिल नेपाल फुटबल संघको अध्यक्ष तथा २०३९ देखि २०४७ सालसम्म एशियाली फुटबल महासंघको सदस्य भई खेलकूद क्षेत्रको विकासमा ठूलो योगदान पु¥याउनुभएको थियो।
उहाँले यसका अलावा २०३९ देखि २०४३ सासम्म नेपाल युवक संगठनको अध्यक्ष, २०४२ देखि २०४७ सालसम्म राष्ट्रिय युवासेवा कोषको संस्थापक सदस्यसचिब, २०३७ सालमा संविधान सुधार आयोगको सदस्य तथा २०३४ सालमा वन विज्ञान संस्थान हेटौडाको सहायक प्राध्यापक भइ विभिन्न क्षेत्रमा उल्लेखनीय सेवा प्रदान गर्नुभएको थियो।
राजनीतिक नेतृत्वमा एसियाकै टप टेनमा गनिने कमल थापाले ‘द्वन्द्व व्यवस्थापनका चुनौति’ र ‘एकपटकको सैनिक जीवनभरको सैनिक’ पुस्तक समेत प्रकाशित गर्नुभएको छ।

Download Now
0 Downloads

Leave a Comment

Your email address will not be published. Required fields are marked *