LOADING

Type to search

राप्रपा नेपाल नै किन ?

Press Release

राप्रपा नेपाल नै किन ?

Share

नेपालको संविधान जारी भएपछि दोस्रोपटक प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनमा हामी नेपाली जनता आफ्नो मताधिकारको प्रयोग गर्न गइरहेका छौं । देश अहिले पनि गंभीर संकटको चक्रव्युहमा फसेको छ । बाह्य शक्तिको चलखेल र प्रभाव तीव्र रुपले बढेर गएको छ । लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हावी भइरहेको छ। भ्रष्टाचार र बेरोजगारी समस्या विकराल भएको छ । धर्म परिवर्तनको डढेलो देशभर फैलिएको छ । यो निर्वाचनले सबै समस्या र संकटको समाधान त दिन सक्दैन । तर, यदी हामीले सही निर्णय गर्न सक्षम भयौं भने यो चुनावले मुलकमा न्युनतम शान्ति, स्थायित्व र प्रजातान्त्रिक वातावरण तयार गर्न योगदान पु¥याउने छ । यो अवस्थामा पार्टीको बन्दी भएर होइन, प्रजातान्त्रिक नेपालको स्वाभिमानी नागरिक भएर देशको कहालीलाग्दो अवस्थाको समिक्षा गरेर मात्र आफ्नो मतदान गर्नुहुन सम्पूर्ण मतदाताहरुमा आह्वान गर्दछौ । आगामी चुनावको लागि राप्रपा निम्न बमोजिम प्रतिबद्धता व्यक्त गर्दछ।

  •  सबै धर्महरुलाई बराबरीको समानता र स्वतन्त्रता कायम गरिने छ । तर, जबरजस्ती र संगठित रुपमा धर्म परिवर्तन गराउन पाइने छैन।
  •  हिन्दू, बौद्ध र किरात जस्ता सनातन धर्मको संरक्षण र सम्बद्र्धन गरिने छ । साथै, मठ, मन्दिर, गुम्बा, लगायतका धार्मिक स्थलको निर्माण र संरक्षणमा सहयोग गरिने छ।
  • राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्ती राष्ट्रिय एकता दिवसको रुपमा मनाउन पौष २७ गते सार्वजनिक विदा दिइने छ। राष्ट्रनिर्माताको तस्बीर सबै कार्यालय र विद्यालयहरुमा राखिने ।
  • गौहत्या दण्डनीय हुनेछ । गौरक्षाको लागि प्रत्येक पालिकामा कम्तिमा एक गौशाला निर्माण गरिने छ ।
  • सबै प्रकारका जातीय भेदभाव र छुवाछुत प्रथालाई दण्डनीय तुल्याइने छ । जातीय आधारमा मन्दीर प्रवेशमा निषेध गर्ने कुप्रथालाई अन्त्य गरिने छ ।
  •  ‘एक परिवार एक रोजागार’ ग्यारेण्टी गरिने छ।
  •  स्वरोजगार कोष खडा गरी रोजगार प्रवद्र्धन गरिने छ । सो कोषबाट बेरोजगारहरुलाई तालिम, सहुलियत ऋण र अन्य सहयोग उपलब्ध गराइने छ।
  •  २५ जना भन्दा बढीलाई रोजगारी दिने उद्योग व्यवसायलाई १० वर्षसम्म सबै स्थानीय कर मिनाहा गरिने छ।
  •  कृषीको व्यावसायीकरण, यान्त्रीकरण र आधुनिकीकरण गरिने छ । ‘एक गाउ“÷नगर एक उत्पादन’ नीति कार्यान्वयन गरिने छ।
  •  कूल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरिने छ । माध्यामिक तहसम्मको पढाई निःशुल्क गरिने छ।
  •  शिक्षा क्षेत्रलाई राजनीतिकीकरणबाट मुक्त पारिने छ । शिक्षकहरुले राजनैतिक दलको सदस्य हुन पाइने छैन।
  •  सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धी गर्न विशेष कार्ययोजना संचालन गरिने छ।
  •  गाउ“÷नगरपालिकाको कोषबाट प्रत्येक वर्ष एक जनालाई डाक्टर र एक जनालाई ईन्जिनियर पढ्न पठाइने छ । त्यसरी पढेर आउने व्यक्तिले कम्तिमा पा“च वर्ष सम्बन्धित गाउ“÷नगरपालिकामा अनिवार्य रुपले काम गर्नु पर्नेछ।
  •  प्रत्येक गाउ“पालिकामा कम्तिमा १५ बेडको अस्पताल सहितको प्रसुती (बर्थि¨) सेन्टर तथा प्रत्येक नगरपालिकामा कम्तिमा २५ बेडको अस्पताल निर्माण गरिने छ क्यान्सर र मृगौला फेल भएका बिरामीहरुलाई १ लाख औषधोपचार खर्च दिइने छ।
  • ५ वर्ष भित्र गाउ“÷नगरपालिकाका प्रत्येक नागरिकको स्वास्थ्य विमा गरिने छ।
  •  महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई कम्तिमा मासिक रु. ५००० निर्वाह भत्ता दिने व्यवस्था गरिनेछ।
  •  विपन्न परिवारमा छोरा–छोरी जन्मिनासाथ एकमुष्ठ रु. ७००० सुपोषण अनुदान प्रदान गरिनेछ।
  •  न्युन आय भएका लक्षित वर्गलाई आवास सुविधा उपलब्ध गराउन विशेष आवास परियोजना कार्यान्वयन गरिनेछ।
  • निर्वाचन सम्पन्न भएको एक महिनाभित्र प्रत्येक परिवारको आर्थिक अवस्था सर्वेक्षण गरिने छ । त्यसरी गरिने सर्वेक्षणको आधारमा सबैभन्दा कमजोरबाट सुरु गरी क्रमशः सबैको आर्थिक स्थिति सुधार गर्ने कार्यक्रम संचालन गरिने छ।
  • ५ (पा“च) वर्ष भित्र अति विपन्न परिवारका सबैलाई आवास, भोजन, शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा सुविधा पु¥याइने छ। १० (दश) वर्ष भित्र गाउ
  • नगरपालिकाका सबैको जीवनस्तरलाई गरिबीको रेखा भन्दा माथि पु¥याइने छ।
  •  प्रत्येक घरमा बिजुली र खानेपानी पु¥याइने छ । साथै अति विपन्न परिवारलाई विजुली र खानेपानी महसुलमा ५० (पचास) प्रतिशत छुट दिइनेछ।
  •  प्रत्येक वडामा ५ वर्ष भित्रमा मोटरबाटो पु¥याइने छ।
  •  ‘एक घर दुई विरुवा’ अभियान संचालन गरिने छ
  •  सामुदायिक विद्युत्त विकास अवधारणा कार्यान्वयन गरिनेछ । विद्युत विकास र वितरणमा कृयाशील समुदायलाई २० वर्ष सम्म कर छुट दिन पहल गरिनेछ।
  •  ‘सोलार बत्ती अभियान’ संचालन गरी शहर बजार उज्यालो पारिने छ।
  •  कृषी, पूर्वाधार विकास, उद्योग, वाणिज्य, संचार, पर्यटन एवं उर्जा प्रबद्र्धन जस्ता क्षेत्रहरुमा निजी क्षेत्रको अग्रणी भूमिका सुनिश्चत गरिने छ।
  •  स्थानीय तहमा भ्रष्टाचारमुक्त प्रशासन कायम गरिने छ।
  • स्थानीय तहको कूल बजेटको १५ प्रतिशत महिला तथा बालबालिकाको शिक्षा, स्वास्थ्य तथा रोजगारीमूलक कार्यक्रममा विनियोजित गरिने छ।
  •  आदिवासी, जनजाती, दलित, मधेसी सुमदाय, मुस्लिम एवं अल्पसंख्यक समुदाय तथा दूर्गम क्षेत्रको उत्थानका लागि विशेष कार्ययोजना संचालन गरिने छ
  •  स्थानीय तहमा ५ वर्ष भित्र कम्तिमा एक खेलमैदान वा रंगशाला र कभर्ड हल निर्माण गरिने छ ।
  •  राप्रपा नेपालले कहिल्यै नेपाल बन्द गर्ने छैन । बन्द गर्न नपाइने कानुनी व्यवस्था गरिने छ।

देशलाई संकटबाट मुक्त तुल्याउदै राष्ट्रनिर्माण गर्ने फरक विचार र भिन्न मार्गचित्र बोकेर राप्रपा नेपाल तपाईहरुको अगाडी खडा छ । हामीलाई विश्वास गर्नुहोस्, हामी देश बचाउने र बनाउने संकल्प गर्दछौं । तपाईहरुको सहयोग, सदभाव र समर्थनको लागि अपिल गर्दछौं । हाम्रो चुनाव चिन्ह ूतीरू हो । ूतीरूमा अमुल्य मत दिई देश र जनताको सेवा गर्ने अवसर दिनुहोस् ।

कमल थापा
अध्यक्ष

Leave a Comment

Your email address will not be published. Required fields are marked *