राप्रपा नेपाल विधान २०७८
Share

प्रस्तावना
- राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताको रक्षा गर्न,
- सबै धर्म प्रति सदभाव र समभाव राख्दै, सबै धर्मका बिच सहकार्य गर्दै, पूर्ण धार्मिक स्वतन्त्रताको मान्यता प्रति प्रतिवद्ध रहँदै तथा सनातन हिन्दुराष्ट्रको मान्यता प्रति आस्था राख्दै परम्परादेखि चलि आएको सनातन धर्म संस्कृति, मुल्यमान्यता र परम्पराको सम्वर्द्धन गर्न,
- बहुलवादको मान्यतामा आधारित समावेशी प्रजातन्त्रलाई सुदृढ तुल्याउन,
- स्वतन्त्र र निष्पक्ष न्यायप्रणालीको आधारमा कानुनी राज्यको अवधारणा कार्यान्वयन गर्न
- सामाजिक न्याय र समानताको सिद्धान्तमा आधारित उदार अर्थतन्त्रको धरातलमा सबल र सम्बृद्ध नेपाल निर्माणमा योगदान पुराउन
राष्ट्रवादी नेपाली जनताहरूको एक साझा संगठनको आवश्यकता महसुश गरेर संविधानको परिधिभित्र रही ”राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल”को स्थापना, संचालन तथा व्यवस्थापनलाई प्रजातान्त्रिक, समावेशी, स्वच्छ, विश्वसनीय र पारदर्शी बनाउनको निम्ति यो विधान तयार गरिएको छ ।