LOADING

Type to search

हिन्दुराष्ट्र किन ?

Press Release

हिन्दुराष्ट्र किन ?

Share

२०६३ सालको राजनीतिक परिवर्तनको पहिलो प्रहार नेपालको हिन्दुराष्ट्रको पहिचान माथि भएको थियो । माओवादीको दश बर्षे सशस्त्र हिसांत्मक जनयुद्धकालमा सनातन धर्म, संस्कृति र परम्परा विरुद्ध गतिविधि भएता पनि हिन्दुराष्ट्रको पहिचान समाप्त पार्ने विषय सशक्तरुपमा उठेको थिएन । दोस्रो जनआन्दोलनको दौरानमा हिन्दुराष्ट्र विरुद्ध कहिँ कतै आवाज उठेको थिएन ।
तर, सात राजनीतिक दल र माओवादीको २०६२ चैत र २०६३ बैशाखमा भएको उन्नाईस दिने संयुक्त जनआन्दोलन पश्चात राजासँगको सम्झौता अनुरुप पुनःस्थापना भएको प्रतिनिधिसभाले २०६३ साल जेठ ४ गतेको विवादास्पद घोषणा मार्फत नेपाल अधिराज्यको संविधानको धारा ४ मा भएको व्यवस्थालाई उल्टाउँदै धर्मनिरपेक्षता लाद्ने काम गरियो । यो कार्य जनताको अभिमत र संविधानको भावना र प्रक्रिया विपरित थियो ।
आफ्नो निहित राजनीतिक अभिष्ट र स्वार्थ परिपूर्ति गर्न चाहने नेपालका उग्रवामपंथी शक्ति तथा नेपालमा धार्मिक साँस्कृतिक प्रभाव विस्तार गर्न चाहने पश्चीमा शक्तिहरुको संयुक्त षडयन्त्रको परिणामस्वरुप हिन्दुराष्ट्र समाप्त पारी धर्मनिरपेक्षता कायम गरिएको हो । यस कार्यमा नेपाली कंग्रेस लाचार साँक्षी र सहकर्मी हुन पुगेको थियो ।त्यस वखत आन्दोलनको रापताप र अन्यौलपूर्ण घडिमा यस कार्यको ठूलो विरोध र प्रतिवाद हुन सकेन । केही सामाजिक अभियन्ता र धार्मिक व्यक्तित्वहरुले

झिनो स्वरमा यस कार्यको भत्सर्ना गरेको थिए । धर्मनिरपेक्षताको विरोध तथा हिन्दुराष्ट्रको पक्षमा संगठितरुपमा आवाज उठाउने र सडकमा संघर्ष गर्ने पहिलो र एकमात्र राजनीतिक दल राप्रपा नेपाल थियो ।

हिन्दुराष्ट्रको पक्षमा आवाज उठाउन थाले पछि स्वभावतः विभिन्न कोण र शक्ति केन्द्रहरुबाट राप्रपा नेपाल विरुद्ध पनि आक्रमण हुन थाल्यो । धर्मको आधारमा राजनीति गर्न खोजेको, समाजमा धार्मिक भावना भडकाएर अस्थिरता सिर्जना गर्न खोजेको तथा राजसंस्थाको पक्षमा जनमत तयार गर्न हिन्दुराष्ट्रको आवरण बोकेको जस्ता आरोपहरु व्यापकरुपमा लगाईयो ।

गत पन्ध्र बर्षको राजनीतिक अभ्यास पछि भने ति आरोपहरुको वजन र महत्व क्रमशः घट्दै गएको छ । धर्मनिरपेक्षता कायम गर्नुको अन्तर्निहित उदेश्य तथा त्यसका पछाडीका शक्तिहरु को थिए र के नियत थियो भन्ने वारे विस्तारै सर्वसाधारणले समेत बुझ्न थालेका छन् ।
राप्रपा नेपालले हिन्दुराष्ट्रको एजेण्डा बोकेर धर्मको आधारमा राजनीति गर्न खोजेको छ भन्ने आरोप भ्रममुलक त छँदैछ, त्यसमा राप्रपा नेपालको सिद्धान्तवारेको ज्ञानको अभाव समेत देख्न सकिन्छ । बुझ्नु जरुरी छ कि संविधानमा हिन्दुराष्ट्रको प्रवधान लेखिनु पुर्व पनि सदियौँदेखि नेपाल सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र रहँदै आएको छ । संविधानमा लेख्ने कामको प्रारम्भ २०१५ सालबाट भएको हो । त्यस पछि बनेका २०१९ र २०४७ सालको संविधानहरुले त्यो व्यवस्थालाई निरन्तरता दिने काम गरे । नेपालको अधिराज्यको संविधान २०१५ मा राजसंस्थाको सन्र्दभमा हिन्दु धर्मको उल्लेख गरिएको थियो । त्यसपछि बनेका नेपालको संविधान २०१९ को धारा ३ तथा नेपाल अधिराज्यको संविधान २०४७ को धारा ४ मा स्पष्टरुपमा नेपाल हिन्दुराष्ट्र हुने प्रावधान उल्लेख थियो ।

नेपाल अधिराज्यको संविधान २०४७ मा भएको तत्सम्बन्धि व्यवस्थालाई असंवैधानिकरुपमा हटाउने काम २०६३ जेठ ४ को घोषणबाट भएको हो । २०४७ सालको संविधानलाई विस्थापित गरी बनाईएको नेपालको अन्तरिम संविधान २०६३ मा पहिलोपटक धर्मनिरपेक्षतालाई संविधानको अंग बनाईयो । पछि सो व्यवस्था नेपालको संविधान २०७२ मा समेत कायम गरियो । यो सबै कार्यमा जनताको प्रत्यक्ष अभिमत छैन । यो काम धार्मिक साँस्कृतिक क्षेत्रबाट भएको होईन । यो कार्य नितान्त राजनीतिक दलहरुबाट भएको हो । राजनीतिक दलहरुले गरेको यो गलत कार्यलाई सच्याउने दायित्व पनि राजनीतिक दलहरु हो । राप्रपा नेपालको यो जिम्मेवारीवोधलाई धर्मको आधारमा राजनीति गरेको भन्ने आरोप लगाउनु सर्वथा अतिशयोक्तिपूर्ण छ ।
हामीले किन सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको विषय उठाएका छौं । त्यस’bout केही चर्चा गर्नु सान्दर्भिक हुन्छ ।
सनातन धर्म केवल संकिर्ण अर्थमा बुझिने धार्मिक कृत्य वा पुजा, आराधना, उपासना वा कर्मकाण्डको विषय मात्र होईन भन्ने पनि ज्ञान हुनु जरुरी छ । धर्म प्रकृतिको नियम हो, ईश्वरको विधान हो । वेद, उपनिषद, गिता धार्मिक ग्रन्थ मात्र होईनन् । सनातन धर्मका आधार यी ग्रन्थहरु जीवन दर्शन हुन् । जीवन जिउने कला र सत्य साधनाका मार्गदर्शक सिद्धान्त हुन् । समाज वा राष्ट्र धर्ममा चलेको हुन्छ । समाज वा राष्ट्र अधर्म, विधर्म वा धर्मनिरपेक्ष हुनै सक्दैन । धर्मसापेक्षता मानवीय स्वभाव हो ।

संसारमा हामी नेपाली भनेर चिनिन्छौं । नेपाली भन्ने हाम्रो पहिचान छ । आखिर यो पहिचान के हो । पहिचान विना न व्यक्ति जिवन्त रहन्छ सक्दछ, न राष्ट्र जिवन्त रहन सक्दछ । हजारौं वर्ष देखी चाहे त्यो गोपाल वंश होस् वा त्यस पछिका किराँत, लिछिच्वी, मल्ल र शाह वंशीय राज परम्परामा अनुप्राणीत रहँदै आएको होस्, नेपाली समाजको आफ्नो साझा र विशिष्ट संस्कृति एवं पहिचान रहेको छ । यो पहिचान एक दिनमा बनेकोे होइन । हजारौं बर्षको हाम्रो रितिथिती, परम्परा र आस्थाको आधारमा संसारमा अन्त कहिँ नभएको हामी नेपालीको साझा, मौलिक र विशिष्ट संस्कृति एवं पहिचान बनेको छ ।
संसारमा हिन्दु धर्मप्रति आस्था राख्नेहरुको पनि ठूलो संख्या छ । यसैगरी बुद्ध धर्ममा आस्था राख्नेहरुको पनि ठूलो संख्या छ । तर नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ हिन्दु र बुद्ध धर्म मान्नेहरुका बीचमा सांस्कृतिक सहकार्य वा संयोजनबाट एउटा विशिष्ट नेपाली संस्कृति र पहिचानको निर्माण भएको छ । यो पहिचान निर्माणमा किराँत धर्मावलम्बि एवं प्रकृतिपुजकहरुको पनि योगदान रहेको छ । यो पहिचान विशिष्ट र मौलिक छ । यहि पहिचानको रक्षार्थ नै हामीले सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनस्र्थापनाको आवाज उठाएका हौं ।

नेपालमा हामी १०० भन्दा बढी जातजातीका छौं, धेरै ठूलो संख्यामा विभिन्न भाषा भाषीहरु छन् । हामी कोही हिमालमा बस्छौं, कोही पहाड, कोही तराई मधेशमा बस्छौं । जुनसुकै जातीको भए पनि, जुनसुकै भाषा बोल्ने भए पनि जुनसुकै ठाउँमा बसोबास गर्ने भएपनि हामी सबै नेपालीहरुको साझा भगवान छन् । हामी को हिन्दु, को बुद्धिष्ट आपसमा अंकमाल गरेर भगवान पशुपतीनाथको दर्शन गर्दछौ, हलेशी महादेवको मन्दिरमा जान्छौं । हामी को हिन्दु, को बुद्धिष्ट आपसमा हातेमालो गरेर भगवान बुद्धको पुजा आराधान गर्दछौं । चाहे टोपी लगाउने होस्, चाहे धोती लगाउने होस हामी सबैलाई एकताको सुत्रमा गास्ने कार्य यही सनातन धर्म र संस्कृतिले गरेको छ । चाहे मैथीली भाषा बोल्ने होस्, चाहे नेवार भाषा बोल्ने होस्, चाहे तामाङ भाषा बोल्ने होस्, चाहे खस भाषा बोल्ने होस् हामी सबैलाई एकताको सुत्रमा आवद्ध गर्ने काम यही सनातन धर्म र संस्कृतिले गरेको छ । यो एकताको आधारलाई बलियो बनाउनको निमित्त हामीले सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्छ भनेका हौं ।
यसैगरी आदीकाल देखी हाम्रो समाज, हाम्रो परिवार र हाम्रो राज्य संचालनको आधारस्तम्भकोरुपमा यही सनातन धर्म, संस्कृति, परम्परा, मूल्य र मान्यता रहेको छ । वैदिक सभ्यता हाम्रो अस्तित्वको आधारस्तम्भ हो । वैदिक दर्शन हाम्रो पहिचानको मुलश्रोत हो ।
दुर्भाग्य बस ०६२÷०६३ को राजनैतिक परिवर्तन सँगै नेपाली जनताको प्रत्यक्ष अभिमत विनानै, नेपालको हिन्दु राष्ट्रको पहिचानलाई समाप्त पार्ने काम गरियो । नेपाली जनताले सुन्दै नसुनेको, कहिं कतै आवाज नउठेको धर्मनिरपेक्षताको मान्यता लाद्ने काम गरियो । धर्मनिरपेक्षताको आडमा अहिले योजनाबद्ध र संगठीतरुपले धर्मपरिवर्तन गराउने कार्य भैरहेकोछ । लोभलालच, भ्रम र दवावको आधारमा लाखौं व्यक्तिहरुको धर्मपरिवर्तन गराइएको छ ।

धर्म परिवर्तनको निशानामा सबैभन्दा बढी आदीबासी, जनजाती र दलित समुदायका व्यक्तिहरु परेका छन् । केवल हिन्दुहरु मात्र होइन बौद्ध र किराँत धर्मावलम्बिहरुको पनि धर्मपरिवर्तन गराइएको छ । यही गतिमा धर्मपरिवर्तन हुँदै जाने हो भने नेपालको राष्ट्रिय पहिचान, नेपालको राष्ट्रीय एकता र नेपालको राष्ट्रीय अस्तित्वको आधारको रुपमा रहेको सनातन धर्म अर्थात हिन्दु, बुद्धिष्ट र किराँत धर्मावलम्बिहरु नै नेपालमा अल्पमतमा पर्न सक्ने खतरा छ ।
यो धर्म परिवर्तनको डढेलोलाई नरोक्ने हो भने नेपालमा सदियौं देखी कायम रहँदै आएको सामाजिक सद्भाव र एकता खलबलिएर नेपाल धार्मिक द्वन्द्धको दलदलमा फस्न सक्ने टड्कारो खतरा हामीले देखेका छौं ।
यसरी योजनाबद्ध र संगठितरुपले नेपालको धार्मिक सांस्कृतिक क्षेत्रमा भैरहेको अतिक्रमणका ’boutमा नेपालका राजनीतिक दल, बौद्धिक क्षेत्र, नागरिक समाज र आमसंचार माध्यमहरुको उदासिनता उदेक लाग्दो छ ।
उग्रबामपन्थी शक्तिले आफ्नो राजनैतिक अभिष्ट र स्वार्थ पुरा गर्न तथा केही पश्चीमा मुलुकहरुले नेपालमा धार्मिक सांस्कृतिक प्रभाव कायम गर्नका निमित्त गरेको संयुक्त प्रयासको परिणाम स्वरुप यो धार्मिक सांस्कृतिक आक्रमण भैरहेको हो । यो धार्मिक सांस्कृतिक आक्रमणले हाम्रो पहिचान, हाम्रो एकताको आधार र हाम्रो राष्ट्रीय अस्तीत्वको आधारलाई खल्वलाईदिएको मात्र होइन र यो सँगै आएका विकृति र विसंगतीहरुले राजनैतिक, सामाजिक, आर्थिक क्षेत्रमा समेत नेपाललाई नराम्रो सँग क्षतविक्षत तुल्याएको छ ।
सांस्कृतिक विचलनले नेपालको राजनैतिक, आर्थिक, सामाजिक हरेक क्षेत्रमा विकृति, विसंगती र संकटको अवस्था सिर्जना भएको छ । यो साँस्कृतिक अतिक्रमणले केवल नेपालको हिन्दुराष्ट्र पहिचान समाप्त पारिएको मात्र होइन, यसले नेपालको अस्तित्वलाई नै आघात पु¥याउने काम गरिरहेको छ । त्यसर्थ, नेपालको राष्ट्रिय एकता, पहिचान र अस्तित्वको आधारलाई फेरी सशक्त तुल्याउनको निमित्त हामीले नेपाललाई हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने दृढ संकल्पका गरेका हौं ।

कतिपयले प्रश्न गर्छन, एउटा राजनैतिक दलको रुपमा रहेको राप्रपाले यो धार्मिक विषलाई किन उठाएको छ । तर, बुझ्नु जरुरी छ कि नेपालको हिन्दु राष्ट्रको पहिचान केबल धार्मिक विषय मात्र होइन यो पुजा आराधान गर्न पाउने हक र अधिकारको विषय मात्र होइन । यो हाम्रो पहिचान, एकता र राष्ट्रिय अस्तित्वसंग गाँसिएको विषय हो ।

साथै, यो पनि स्पष्ट हुनु आबश्यक छ कि केवल संविधानमा हिन्दुराष्ट्र भन्ने दुई शब्द लेखाउन मात्र राप्रपा नेपालले हिन्दुराष्ट्र पुनःस्थापनाको विषय उठाएको होईन । निश्चय पनि संविधानमा हिन्दुराष्ट्र स्थापना हाम्रो चाहना हो । हिन्दु राष्ट्र हाम्रो संकल्प हो, हाम्रो लक्ष्य हो । तर, बुझ्नु जरुरी छ कि राप्रपा नेपाल त्यो पार्टी हो जसले नेपालको सामाजिक, आर्थिक, राजनैतिक रुपान्तरणको आधार, परम्परादेखि नेपालमा चलिआएको सनातन एवं वैदिक दर्शन, मूल्य र मान्यता हो र भविष्यमा पनि कायम हुनुपर्दछ भन्ने विचारलाई आत्मसात गर्दछ । जसरी केही पार्टीहरु माक्र्सवाद, साम्यवाद, पूंजिवाद, समाजवादलाई आफ्नो आदर्शको रुपमा अर्थात वैचारिक दर्शनको रुपमा लिन्छन् तयसैगरी राप्रपाले राष्ट्रियता, समावेशी प्रजातन्त्र, आर्थिक उदारवाद र वैदिक दर्शनकको वृहत चिन्तनमा आधारित ‘सम्बद्र्धवाद’लाई आफ्नो पार्टीको वैचारिक दर्शनको रुपमा आत्मसात गरेको छ ।
हामी नेपालमा हिन्दुराष्ट्रको संवैधानिक पुनसर््थापना मात्र होइन, नेपालको आर्थिक विकास र समृद्धि तथा व्यक्ति, परिवार, समाज र राज्य संचालनको धरातल र आदर्श समेत सम्बद्र्धनवाद हुनुपर्दछ भन्ने बिश्वास गर्दछौँ । हजारौं बर्ष देखी कायम रहँदै आएको यो मान्यता नौलो मान्यता होइन । हजारौं बर्ष अगाडि त्रेतायुगमा मर्यादापुरुषोत्तम रामले खडा गरेको रामराज्य तथा द्धापर युगमा भगवान श्री कृष्णले दुष्ट कंशलाई पराजित गरी स्थापना गरेको आदर्श राज्य परम्परा सम्बद्र्धनवादको प्रेरणाश्रोत हो ।

करिव पाँच हजार बर्ष अगाडी सिर्जना गरिएको ऋग्वेदले “एकम् सत विप्रह बहुधा बदन्ति” को मान्यता प्रतिपादन गरेको छ । सत्य एउटै छ, त्यसलाई प्राप्त गर्ने बाटो मात्र फरक छ भन्ने त्यस सुत्रले विविधतामा एकता हाम्रो सनातन सँस्कृति हो भन्ने मान्यता राख्दछ । आधुनिककालमा प्रचलति बहुलवाद त्यहि मान्यता हो । “बसुदैव कुटुम्बकं” अर्थात त्यो सिंगो विश्व एउटा परिवार हो भन्ने हाम्रो आदर्श हो । वेद, उपनिषद, गिताबाट अभिप्रेरित यस्ता कैयौं मान्यताहरु छन् जसलाई राप्रपा नेपालले सम्वद्र्धनवादको दर्शन अन्तर्गत अबलम्बन गरेको छ । यहि कारण राप्रपा नेपालले सनातन हिन्दु राष्ट्रको कुरालाई उच्च महत्वको साथ उठाएको हो ।
म फेरी दोहराएर भन्न चाहन्छु कि नेपालको हिन्दुराष्ट्रको पहिचान समाप्त गर्ने काम धार्मिक क्षेत्रले गरेको होइन । स्वामी जीहरुले गर्नु भएको होइन, धार्मिक संघ संस्थाले गरेको होइन, नेपाली जनताले प्रत्यक्ष भोट हालेर गरेको पनि होइन । यो हटाउने काम विदेशीको दबाब र प्रभावमा निहित राजनैतिक स्वार्थ परिपूर्तिका निमित्त केही दलहरुले गरेका हुन् । यो फोहोर राजनीतिक दल र दलका नेताहरुले गरेका हुन् । राजनीतिक क्षेत्रले गरेको हो । राजनीतिक क्षेत्रले, राजनीतिक दलले, राजनीतिक दलका नेताहरुले गरेको यो गलत कार्यलाई सच्याउने काम राजनीतिक क्षेत्र र दलले नै गर्नु पर्दछ भन्ने विश्वासका साथ राप्रपा नेपालले सनातन हिन्दुराष्ट्रको एजेण्डामा जोड दिएको हो ।
राप्रपा नेपालले केवल भोट माग्नको निमित्त मात्रै हिन्दुराष्ट्रको कुरा गरेको होइन । हामीले आफ्नो बैचारिक दर्शनको रुपमा समेत हिन्दुत्वलाई आत्मसात गरेका छौं ।

हिन्दुराष्ट्रको एजेण्डा बोकेर राप्रपा नेपालले केवल एउटा धर्म अर्थात हिन्दु धर्मलाई मात्र राज्यले बिशेष संरक्षण र सुविधा दिनु पर्छ भनेको होईन । धर्मको आधारमा देशको शासन चल्नुपर्छ र कानुन बन्नु पर्छ भनेको होईन ।
राप्रपा नेपाल सबै धर्मका बिच समानता र सबै धर्मलाई बराबरीको स्वतन्त्रता हुनुपर्छ भन्ने मान्यतामा विश्वास गर्दछ । हामी सबै धर्मप्रति सद्भाव र सबै धर्मसँग सहकार्यको नीतिमा विश्वास गर्दछौ । नेपालको पहिचान र राष्ट्रिय एकताको आधारकारुपमा सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र हुनुपर्छ भन्ने हाम्रो माग हो । सनातन धर्म भन्नाले वेदको मुलश्रोत र आदर्शबाट निसृत सबै धार्मिक आस्था अर्थात हिन्दु, बौद्ध, शिख, जैन, किराँत, प्रकृति पुजकहरु हुन भन्ने बुझ्नु पर्दछ ।

म सबै राजनैतिक दलका नेताहरु र वर्तमान सरकारलाई बडो विनम्रता पूर्वक आग्रह गर्न चाहान्छु । नेपाली जनताको भावना र नेपालको आवश्यकतालाई महशुस गर्दै चाँडो भन्दा चाँडो धर्म निरपेक्षता खारेज गरी र हिन्दु राष्ट्र पुनस्र्थापना गरियोस् । हामी चाहन्छौं त्यसका निमित्त संघर्ष गर्न नपरोस् । सहमतीकै आधारमा हिन्दु राष्ट्र स्थापना होस् भन्ने हाम्रो चाहाना रहेको छ । सहमतीबाट हुन सकेन भने संविधान बमोजिम हिन्दुराष्ट्र वा धर्मनिरपेक्षता भन्ने वारे नेपाली जनताको प्रत्यक्ष जनमत बुझ्न राष्ट्रिय जनमत संग्रह गरियोस् भन्ने म माग गर्दछु । सहमति वा जनमत संग्रह पनि मान्य हुँदैन भने जनसंघर्ष भन्दा अर्को विकल्प रहँदैन ।

यस अबसरमा म सम्पूर्ण धार्मिक व्यक्तित्वहरु, स्वामीजीहरु, गुरुजीहरु, पण्डीतहरु सबैमा हात जोडेर निवेदन गर्न चाहान्छु की नेपाललाई हिन्दुराष्ट्र बनाउने अभियानमा तपाईहरु सबै एक ठाउँमा उभिनुहोस् । तपाईहरु सबैको आ–आफ्नो व्यक्तित्व छ, तपाईहरु सबैको आ–आफ्नो पहिचान र विशिष्टता छ तर नेपाल हिन्दुराष्ट्र होस् भन्ने तपाईहरु सबैको साझा चाहाना छ ।
धन्यवाद । जय हिन्दु राष्ट्र नेपाल ।

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *